बस दुर्घटनाः २ जनाको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिका ८ पालीमा बस दुर्घटना भएको छ ।

दुर्घटनामा २जनाको मृत्यु भएको छ भने २२जना घाइते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक दिवस बहादुर जिसीले जानकारी दिए ।

पर्वत बाट सुपादेउराली मन्दिर दर्शन गरि फर्किने क्रममा धौलागिरी यातायात को ध १ ख५०४नम्बर को बस दुर्घटना भएको हो। घाइते मध्य केहीलाई पाल्पा पठाएको छ भने केहिलाई अर्घाखाँची अस्पतालमा ल्याएको जनाएको छ।

सम्बन्धित समाचार

ताजा समाचार