श्रीमानले बँदेलका लागि थापेको धरापमा परेर श्रीमतीको मृत्यु

रूपन्देही । गुल्मीमा जंगली बँदेल नियन्त्रणका लागि श्रीमानले नै थापेको विद्युतीय धरापमा परेर श्रीमतीको मृत्यु भएको छ ।

बाली जोगाउन श्रीमानले राखेको करेन्टमा परेर धुर्कोट गाउँपालिका–५ मन्टारीका ६६ वर्षीय भेषराज भण्डारीकी श्रीमती ६० वर्षीया हुमकला भण्डारीको यस्तो घटनामा परेर मृत्यु भएको हो ।

घटनामा परेकी हुमकला चिच्चाएको थाहा पाएपछि छिमेकीले प्रहरीलाई १ सय नम्बरमा खबर गरेको धेरै समयपछि मात्रै श्रीमानले यस्तो घटनाको जानकारी पाएका थिए ।

छिमेकीसमेत रहेका धुर्कोट गाउँपालिका वडा नं ५ का अध्यक्ष केशवराज भण्डारीले श्रीमानले राखेको धरापबारे श्रीमतीलाई जानकारी नहुँदा त्यही धरापमा परेको र उनी चिच्याएपछि छिमेकीले प्रहरीको १ सय नम्बरमा खबर गरेको धेरै समयपछि मात्रै श्रीमानले जानकारी पाएका थिए ।

भण्डारी दम्पत्तीका ३ छोराछोरी भएपनि सबै बाहिर भएकाले घरमा बुढाबुढी मात्रै रहेका थिए । दुई छोरा र १ छोराी भएका उनीहरुको दुई छोरा र एक बुहारी रोजगारीको लागि दुबई बस्छन् भने छोरीको बिवाह भइसकेको थियो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार ६६ वर्षीय भेषराज भण्डारीले घरदेखि करिब १ सय ५० मिटर टाढा रहेको बारीमा मंगलबार साँझ बिजुलीको पोलबाट करेन्ट प्रवाह गरी बँदेल नियन्त्रणका लागि विद्युतीय धराप थापेका थिए ।

प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक ९डीएसपी० वीरेन्द्र वीर विश्वकर्माका अनुसार मध्यराति करिब १ः३० बजे हुमकला धरापमा परेकी थिइन् ।

सम्बन्धित समाचार

ताजा समाचार