काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ । बैठक बुधबारका लागि बोलाइएको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।
बैठकमा केन्द्रीय सदयस्यहरूलाई अनिवार्य उपस्थित हुन भनिएको छ । बैठकमा प्रथम राष्ट्रिय महाधिवेशनलगातय विषयमा छलफल हुनेछ ।
बैठक पार्टी केन्द्रीय कार्यालय घण्टीघर, वनस्थलीमा बिहान ९ बजे बस्नेछ ।

