रास्वपाले ल्यायो स्थानीय चुनावका लागि उम्मेदवार छान्ने नयाँ रूपरेखा

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले “स्थानीय निर्वाचन उम्मेदवार छनोट रूपरेखा ९ २०८३०” पारित गरेको छ ।पार्टीको केन्द्रीय कार्यालयमा आइतबार बसेको बैठकले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै स्थानीय निर्वाचन उम्मेदवार छनोट रूपरेखा ९२०८३० पारित गरेको हो ।बैठकले पार्टीको संसदीय दलको संशोधित विधान अनुमोदन गर्नुका साथै पहिलो महाधिवेशन सम्पन्न गर्न ुमहाधिवेशन कार्यविधि ९२०८३० समेत पारित गरेको छ ।

बैठकले मुलुकभर विद्यमान अव्यवस्थित बसोबासको समस्या समाधानका लागि सरकारलाई अधिकार सम्पन्न प्राधिकरण गठन गर्न सुझाव दिएको छ ।वास्तविक भूमिहीन सुकुम्बासी नागरिकहरूको संरक्षण र व्यवस्थापनलाई प्राथमिकता दिँदै प्राधिकरणको प्रतिवेदन आउनुअघि अन्य कुनै कारबाही नगर्न आग्रह गरिएको हो । साथै, स्थानीय तहहरूले संरचना भत्काउने कार्यमा संवेदनशीलता अपनाउनुपर्नेमा जोड दिइएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार