सुडानमा गृहयुद्धको छायामा रमजानः उत्सवभन्दा अस्तित्वको संघर्ष

सुडानमा यस वर्षको रमजानले आफ्नो उत्सवमय रौनक गुमाएको छ । जारी युद्ध र गहिरिँदै गएको आर्थिक सङ्कटले यो महिनालाई सामुदायिक सद्भाव र प्रशस्तताको समयबाट दैनिक अस्तित्वको सङ्घर्ष र खर्च कटौतीको समयमा परिणत गरिदिएको छ । १५ अप्रिल २०२३ देखि सुडानको सशस्त्र बल र अर्धसैनिक बल ‘¥यापिड सपोर्ट फोर्सेज’ बीच भीषण युद्ध भइरहेको छ। यो द्वन्द्व देशभर फैलिँदा पूर्वाधारहरू ध्वस्त भएका छन् । राज्यका संस्थाहरू पङ्गु बनेका छन् र लाखौँ मानिसहरू विस्थापित भएका छन् । बिजुली, पानी, दूरसञ्चार र बैंकिङ जस्ता अत्यावश्यक सेवाहरू गम्भीर रूपमा अवरुद्ध भएका छन् । सार्वजनिक राजस्व र निर्यातमा भारी गिरावट आएको छ, यातायात खर्च बढेको छ र स्थानीय मुद्राको तीव्र अवमूल्यन भएको छ । यसले गर्दा आधारभुत वस्तु र सेवाहरूको मूल्यमा निरन्तर वृद्धि (मुद्रास्फीति) भइरहेको छ ।

राजनीतिक विश्लेषक तथा ‘हार्ट अफ अफ्रिका’ वेबसाइटका प्रधान सम्पादक लोय अब्देलरहमानकाअनुसार अहिले धेरै परिवारहरू रमजानको रासनका लागि खाद्य वितरण केन्द्र र स्वयंसेवी संस्थाहरूमा निर्भर हुनुपर्ने अवस्था छ । युद्ध शुरु भएदेखि अमेरिकी डलरको तुलनामा सुडानी पाउन्डको भाउ ६०० बाट निकै कमजोर भएर करिव ३ हजार ५ सय पुगेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषको तथ्याङ्कअनुसार यो सङ्कटले बेरोजगारी दरमा पनि भारी वृद्धि गराएको छ । सन् २०२२ मा ३२.१४ प्रतिशत रहेको बेरोजगारी दर सन् २०२५ सम्ममा ४७.२ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।आर्थिक मितव्ययिता अपनाउने कदम स्वरूप खार्तुम राज्यका गभर्नर मोहम्मद उस्मान हम्जाले सरकारी निकायहरूद्वारा आयोजना गरिने सामूहिक ‘इफ्तार’ (रमजानको व्रत तोड्न खाइने साँझको खाना) मा प्रतिवन्ध लगाएका छन् । खार्तुम राज्यको सञ्चार कार्यालयले बिहीवार जारी गरेको विज्ञप्तिमा यो कदमको उद्देश्य सामूहिक भोजमा हुने खर्चलाई अति विपन्न परिवारतर्फ स्थानान्तरण गर्नु रहेको उल्लेख गरिएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार