टर्किएका राष्ट्रपति रेसेप तैयप एर्डोगानले देशको सीमाभित्र र बाहिर चालिएका कदमका कारण टर्किएलाई लक्षित गर्ने सुरक्षा जोखिमहरूमा उल्लेखनीय रूपमा कमी आएको बताएका छन्। अंकारामा आयोजित एक इफ्तार कार्यक्रममा बोल्दै एर्दोगानले देशको सीमाभित्र र बाहिर दुवैतर्फबाट देशलाई लक्षित गर्ने सुरक्षा जोखिमहरूमा गम्भीर गिरावट आएको बताए।
सन् २०२५ को अन्त्यतिर एर्दोगानले प्रतिबन्धित कुर्दिस्तान वर्कर्स पार्टी (पिकेके) को निःशस्त्रीकरण र टर्किए क्षेत्रबाट त्यसको फिर्तालाई संकेत गर्दै देशले आफ्नो सीमाभित्र आतंकवाद उन्मूलनको दिशामा प्रगति गरिरहेको बताएका थिए। मे २०२५ मा, पिकेकेले आफ्ना जेलमा रहेका नेता अब्दुल्ला ओकलानले सशस्त्र संघर्ष अन्त्य गर्न गरेको आह्वानपछि हतियार बिसाउने र संगठन विघटन गर्ने निर्णयको घोषणा गरेको थियो । जुलाईमा पिकेके लडाकूहरूको पहिलो समूहले आफ्ना हतियारहरू बिसाएर जलाएसँगै निशस्त्रीकरण प्रक्रियाको औपचारिक शुरुवात भएको थियो । अक्टोबरको अन्त्यमा पिकेकेले टर्किएबाट आफ्ना लडाकूहरूलाई इराक फिर्ता लैजाने घोषणा गरेको थियो ।

