पाकिस्तानको कराँचीमा भवन विस्फोटमा मृत्यु हुनेको संख्या १६ पुग्यो

पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीको एक आवासीय भवनमा भएको ग्यास विस्फोटमा परी मृत्यु हुनेको संख्या १६ पुगेको उद्धार अधिकारीहरूले बताएका छन् । तीन तले भवनको पहिलो तल्लामा विस्फोट भएको सहायक प्रहरी उपरीक्षक जमशेद आशेरले सञ्चारमाध्यमलाई बताए। विस्फोटपछि भवन आंशिक रूपमा भत्किएको उनले जानकारी दिए । खोजी तथा उद्धार कार्य जारी रहेको र घटनास्थलमा सहरी खोजी तथा उद्धार टोली र विपद् प्रतिक्रिया सवारी साधन खटाइएको राज्यको स्वामित्वमा रहेको ‘रेस्क्यु ११२२’ ले एक विज्ञप्तिमा जनाएको छ । भवनमा साना कोठाहरू रहेकाले सीमित ठाउँका कारण उद्धार प्रयासलाई चुनौतीपूर्ण बनाएको विज्ञप्तिमा थपिएको छ । उद्धार टोलीले भग्नावशेष हटाउने प्रयास जारी राख्दा प्रहरीले घटनाको अनुसन्धान शुरु गरेको छ।

सम्बन्धित समाचार

ताजा समाचार