कतारको राष्ट्रिय दिवसः १३ नेपाली जेलमुक्त

काठमाडौं । कतार सरकारले आफ्नो राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसर पारेर विभिन्न जेलमा रहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ।

परराष्ट्र मन्त्रालयले कतार सरकारको यो निर्णयप्रति धन्यवाद व्यक्त गर्दै औपचारिक विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा मानवीय आधारमा प्रदान गरिएको अमिरी आममाफीलाई नेपाल–कतार सम्बन्धको गहिरो मित्रता र आपसी सौहार्दताको प्रतीकका रूपमा उल्लेख गरिएको छ।

नेपाल सरकारले उदारतापूर्वक गरिएको क्षमादानप्रति उच्च कदर गर्दै कतार सरकारप्रति आभार प्रकट गरेको छ। परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रिय दिवस र अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको खुशीयालीमा नेपाली कैदीहरूलाई आममाफी दिइनु सकारात्मक र मानवीय कदम हो।

नेपाल र कतारबीच पछिल्लो समय द्विपक्षीय सम्बन्ध थप मजबुत बन्दै गएको देखिन्छ।

सम्बन्धित समाचार

ताजा समाचार