हप्ताको पहिलो दिन शेयर बजार उच्च अंकले बढ्यो

काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १ सय ११ दशमलव ७० अंकले बढेर २ हजार ६ सय २३ दशमलव ६२ विन्दुमा पुगेको छ ।

अन्तिम १५ मिनेटको भारित औसत मूल्य कायम हुने व्यवस्था स्थगित गरेपछिको पहिलो कारोबार दिन शेयर बजार उच्च अंकले उकालो लागेको हो । यसअघि जेनजी आन्दोलनका कारण गएको बिहीवार असोज २ गते शेयर बजार खुल्दा १ सय ६० अंकले घटेको थियो ।

आज म्युचल फन्ड र निर्जीवन बीमा बाहेक सबै समूहको शेयर बढेकोमा बैंक, विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, लगानी, जीवन बीमा, उत्पादन, माइक्रोफाइनान्स, लगानी समूहको शेयर उच्च अंकले उकालो लागेको छ ।

आज १६ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । बजार उच्च अंकले बढेको दिन सिद्धार्थ प्रिमियर इन्सुरेन्स कम्पनीको शेयर सबैभन्दा धेरै साढे ७ प्रतिशतले घटेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि उल्लेख्य बढेको छ ।

सम्बन्धित समाचार

ताजा समाचार