सुदूरपश्चिम प्रदेशको बजेट प्रदेश सभामा तीन सातापछि टेबुल हुँदै

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत भएको तीन सातापछि मात्रै प्रदेश सभामा टेबल हुने भएको छ। बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले आगामी असार २३ गते बिहान ११ बजे बस्ने प्रदेश सभा बैठकमा बजेट छलफलका लागि पेश गर्ने निर्णय गरेको छ।

सभामुख भीम भण्डारीका अनुसार २३ गतेको बैठकमा सरकारले बजेट टेबल गरेपछि मात्रै त्यसमाथि औपचारिक छलफलको प्रक्रिया अघि बढ्नेछ। असार १ गते आर्थिक मामिला मन्त्री विक्रमसिंह धामीले ३७ अर्ब ७० करोडको बजेट सार्वजनिक गरे पनि राजनीतिक खिचातानीका कारण हालसम्म छलफल सुरु हुन सकेको थिएन।

बजेटलाई लिएर सत्तारुढ गठबन्धनभित्रै गम्भीर मतभेद देखिएको छ। सरकारको मुख्य साझेदार दल नेकपा एमालेले यथास्थितिमा बजेट पारित गर्न नसकिने स्पष्ट पारेको छ।

सम्बन्धित समाचार

ताजा समाचार