काठमाडौं । मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोला नजिकै पहिरो जाँदा ३६ घण्टादेखि हजारौँ यात्रु तथा सवारी साधन अलपत्र परेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बाटोको अवस्था अनिश्चित रहेकोले यात्रुहरूलाई ठुलो जोखिममा नपर्न आग्रह गरेका छन् ।
सिटौलाका अनुसार मुग्लिन–नारायणगढ सडक खण्ड अवरुद्ध भएपछि विगत दुई–तीन दिनदेखि हजारौँ गाडीहरू मुग्लिनतर्फ रोकिएका छन् । हिजो र आजका लागि टिकट काटेका यात्रुहरूको सङ्ख्या २० हजारभन्दा बढी रहेको र उनीहरू सबै अलपत्र परेको उनले जानकारी दिए । ुयदि अहिले गाडीहरूलाई पठाइएमा पनि उनीहरू बाटोमै अलपत्र पर्ने जोखिम छ । सामान्य अवस्थामा पनि गन्तव्यसम्म पुग्न कम्तीमा ६९७ घण्टा लाग्ने गर्छ, तर अहिले बाटोको अवस्था अनिश्चित भएकाले यात्रा थप कष्टकर हुनेछ,ु सिटौलाले भने ।
३६ घण्टाभन्दा बढी समयदेखि अलपत्र परेका यात्रुहरूलाई स्थानीय निकाय र प्रशासनले खाना खुवाउने तथा अन्य सहयोग गरिरहेको सिटौलाले जानकारी दिए ।

