अरिङ्गालको टोकाइबाट युवकको मृत्यु

बैतडी । अरिङ्गालको टोकाइबाट बैतडीका एक युवकको मृत्यु भएको छ। शिवनाथ गाउँपालिका-५ बिनपत्या घर भएका ४० बर्षीय लक्ष्मण दयालको अरिङ्गालको टोकाइबाट मृत्यु भएको उनका आफन्त सुरतकुमार पार्कीले बताए ।

मकैको थुप्रो बनाउने काठ काट्न गएका बेला दयाललाई गएको भदौ २२ गते अरिङ्गालले टोकेको थियो। काठ काट्ने क्रममा दयाललाई अरिङ्गालले टोकेपछि उनी गम्भीर घाइते भएका थिए।

भदौ २३ गते उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा पुर्याएको थियो।अस्पतालमा उपचार सम्भव नभएपछि भदौ २७ गते उनलाई अस्पतालबाट घर ल्याइएको पार्कीले बताए।

अरिङ्गालको टोकाइबाट सिकिस्त भएका दयालको शनिबार मृत्यु भएको उनले बताए।

सम्बन्धित समाचार

ताजा समाचार