लाखौं जनता सडकमा उर्लिए, सुरक्षाकर्मीले नियन्त्रण गुमाए

काठमाडौं । जेनजी पुस्ताले स्वस्फूर्त आह्वान गरेको आन्दोलनको पहिलो दिन भएको निशंस दमन र १९ जनाको मृत्युपछि आज दोस्रो दिन लाखौँको संख्यामा आन्दोलनकारी उत्रिएका छन् । आन्दोलनको दोस्रो दिन देशैभरी प्रदर्शन,तोडफोड र आगजनीका घटना भएका छन् ।

आन्दोलनकारीहरू टोल टोलबाट निस्किएका छन् भने मुख्य निशाना कांग्रेस, एमाले र माओवादीका मुख्य नेताहरुका साथै मन्त्री र राजनीतिक दलका कार्यालयहरुलाई बनाएका छन् । यो अपडेट लेख्दासम्म प्रधानमन्त्री केपी शर्मा अ‍ोलीको निजी निवाससहित शीर्ष नेताका घरमा आक्रमण र आगजनी भएको छ।

केही ठाउँमा आन्दोलनकारीले रास्वपा कार्यालयमा पनि आगजनी गरेका छन् । मध्यान्ह १२ः ३० बजेसम्मको अवस्था आँकलन गर्दा अधिकांश ठाउँमा सुरक्षाकर्मीले नियन्त्रण गुमाएका छन् ।

 

सम्बन्धित समाचार

ताजा समाचार