नेपाली कांग्रेसभित्र सरकारबाट बाहिरिन दबाब बढेको छ।
नेता शेखर कोइराला, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले एमालेसँगको ७ बुँदे सहमतिको औचित्य सकिएको भन्दै कांग्रेसले सरकार छाड्नुपर्ने मत राखेका छन्।
यसैगरी कांग्रेसबाट कृषि मन्त्री भएका रामनाथ अधिकारीले पदबाट राजीनामाको घोषणा गरेका छन्।मन्त्री अधिकारीले मंगलबार राजीनामा पत्र प्रधानमन्त्रीलाई इमेल गरिसकेको उनका स्वकीय सचिव नवराज तिमिल्सिनाले बताए।
गृहमन्त्री रमेश लेखकले सोमबार साँझ पदबाट राजीनामा दिएका थिए।
कांग्रेसका अरू मन्त्रीहरू पनि राजीनामाका लागि पार्टीसँग परामर्शमा छन्।

