भारत र चीनको समझदारीको बारे राखेको कुरा अडियो-भिडियोमा रेकर्डेड छः प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि लिपुलेकमा व्यापारी मार्ग बनाउने भारत र चीनको समझदारीको बारेमा आफूले चीनसँग स्पष्ट रुपमा कुरा राखेको बताए।

ललितपुरको गोदावरीमा शुक्रबार एमालेको विधान अधिवेशन उद्घाटन गर्ने क्रममा प्रधानमन्त्री ओलीले सोही कुरा अडियो भिडियोहरुमा रेकर्डेड रहेको र कुटनीतिक नोटहरुमा पनि समावेश गरिएको बताए।आफूले चीनका राष्ट्रपति सी जिनपिङसँग औपचारिक भेटवार्तामा नेपाली भूमिलाई दुई ठूलो मुलुकमा व्यापारिक मार्ग बनाउने समझदारीप्रति असहमती जनाएको समेत उनले बताए ।

उनले राष्ट्रपति सीले सो विषयमा भारतसँग कुटनीतिक वार्ता गरेर समस्या समाधान गर्न सुझाव दिएको समेत बताए।नेपालको सार्वभौमसत्तामा तलमाथि पर्न नदिइने कुरा पनि राष्ट्रपति सीले आफूसँगको वार्तामा भनेको प्रधानमन्त्री ओलीको भनाइ छ।

सो विषयमा भारतीय पक्षसँग नै समाधानका लागि आफूले पहल गर्ने समेत उनले बताए।प्रधानमन्त्री ओलीले आफूले राष्ट्रको इज्जत, प्रतिष्ठा र हितमा केन्द्रित भएर विदेश भ्रमण गर्ने गरेको पनि भएको बताए।

सम्बन्धित समाचार

ताजा समाचार