काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिको बैठक मंगलबार बस्ने भएको छ । समितीकी नवनिर्वाचित सभापति ईश्वरीदेवी न्यौपानेले सभापति भएपछि पहिलो पटक मंगलबार २ बजेका लागि बैठक बोलाएकी हुन् ।
बैठकमा समितिका हालसम्मका कामको समीक्षा गर्ने र निवर्तमान सभापति रामहरि खतिवडालाई धन्यवाद दिने कार्यसूची रहेको बताएकी छन् ।
समितिमा नेपाल प्रहरी विधेयक, सशस्त्र प्रहरी बल विधेयक, निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक विचाराधीन छन् ।
समितिमा रहेका ७२ भन्दा धेरै उजुरीमाथि बैठक बस्न नसक्दा छलफल हुन सकेको छैन ।

