बारा । बारामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार वीरगञ्ज–पथलैया सडकखण्डमा आइतबार दिउँसो दुई मोटरसाइकल ठोकिँदा भएको दुर्घटनामा दुई जनाको ज्यान गएको हो ।
सिमराबाट पथलैया जाँदै गरेको बा ९० प्र ६७९४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको बा ०६–००३ प्र १७५३ नम्बरको मोटरसाइकल ठोकिँएका हुन्।
दुर्घटनामा सप्तरी, बसवलपुर नगरपालिका–७ का २८ वर्षीय महेश पण्डित र रौतहट जिल्ला गुजरा गाउँपालिका–७ परसवाका २५ वर्षीय रोशन चौधरीको उपचारकोक्रममा मृत्यु भएको हो।
पण्डितको परवानीपुरस्थित एलएस न्युरो अस्पताल र चौधरीको प्रादेशिक अस्पताल कलैयामा उपचारकोक्रममा मृत्यु भएको हो।
घटनाको बिषयमा थप अनुसन्धान भइरहेको छ ।

