कैलाली । पछिल्लो समय सुदूरपश्चिम प्रदेशका ६ हजार मिटर माथिका हिमालहरूको आरोहण हुन नसकेको अवस्थामा एकै पटक ठुलो सङ्ख्यामा आरोहण गर्ने तयारी गरिएको छ।
अपि नाम्पा संरक्षण क्षेत्रमा हुने ‘समर स्किल फर प्रोफेसनल माउन्टेन गाइड कोर्स’ मा सहभागी विद्यार्थी र प्रशिक्षकले एकै पटक यी दुई हिमालको आरोहण गर्न लागेका हुन।जसअनुसार १४ जना विद्यार्थीलाई २ हप्ता अपि हिमाल क्षेत्रमा प्रशिक्षण दिएर १३ जनाले अपि हिमाल र २० जनाले ल्हायुल पिक चढ्नेछन्।
तालिमका मुख्य प्रशिक्षक सञ्जीव गुरुङले २ हप्ताको सैद्धान्तिक तालिम काठमाण्डौमा सम्पन्न भएको र २ हप्ताको प्रयोगात्मक तालिम अपि क्षेत्रमा सम्पन्न गरेर पहिले ६ हजार ३९५ ल्हायुल पिक चढ्ने बताए । जसमा १४ जना विद्यार्थी र ६ जना प्रशिक्षक सहभागी हुने उनले बताए।
‘समर स्केल सिकाउने क्रममा हामीले ६ हजार मिटरको हिमाल चढ्नुपर्ने हुन्छ । यो सिलसिलामा हामीले अपि हिमाल नजिकको ल्हायुल पिक चढ्ने छौ । जहाँ अहिले सम्म मानव पाइला पुगेको छैन’ उनले भने ‘हामीले अपि क्षेत्रमा ‘समर स्किल’ तालिम दिएपछि ल्हायुल पिकमा १४ जना प्रशिक्षार्थीले आफै बाटो बनाएर चढ्न सक्छन् भन्ने विश्वास लिएका छौ।
उनले प्रशिक्षण सकिएपछि पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले १३ जनाले अपि हिमाल चढ्ने योजना रहेको बताए।अपि हिमाल सुदूरपश्चिम र कर्णाली प्रदेशकै सबैभन्दा अग्लो हिमाल हो। जुन ७ हजार १३२ मिटर अग्लो छ ।मुख्य प्रशिक्षक गुरुङले अपि हिमाल चढ्ने टिममा ६ जना प्रशिक्षक र ७ जना विद्यार्थी हुने बताए।

