भारतबाट १० दिनभित्र युरिया मल सहज रूपमा उपलब्ध हुने

कपिलवस्तु । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले भारतबाट १० दिनभित्र युरिया मल सहज रूपमा उपलब्ध हुने बताएका छन्।

चन्द्रौटामा आज आयोजित एक कार्यक्रममा उनले कोलाकाताबाट आयात गरिएको मल साता दशदिनमा आइपुग्ने र किसानले सहज रूपमा पाउने बताए।

कांग्रेसका जिल्ला सभापति तथा महाराजगञ्ज नगरपालिकाका प्रमुख अब्दुल कलामले सरकारी मल वितरण प्रणालीलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।

सोही पार्टीका जिल्ला उपसभापति उमाकान्त खनालले आगामी वर्षदेखि किसानलाई मल, बीउलगायत सामग्री वर्षायाम अगावै उपलब्ध गराउने योजनामा काम गर्न सुझाव दिए।

सम्बन्धित समाचार

ताजा समाचार