स्वाती सदन कलेजमा पूर्व विद्यार्थी भेला सम्पन्न, तदर्थ समिति गठन

काठमाडौं । माछापोखरीस्थित स्वाती सदन कलेजको आयोजनामा शनिवार पूर्व विद्यार्थीहरुको भेला सम्पन्न भएको छ।

कलेजमा अध्ययन गरी विभिन्न क्षेत्रमा प्रतिष्ठा कायम गर्न सफल झण्डै ५० जना पूर्व विद्यार्थीहरूको सहभागितामा सम्पन्न भेलामा कलेजका सञ्चालक तथा प्राध्यापकहरू समेत उपस्थित रहेका थिए। कार्यक्रममा सहभागीहरूले कलेजप्रति आभार व्यक्त गर्दै आपसी सम्बन्ध समेत बलियो बनाउने विषयमा जोड दिएका थिए।

कार्यक्रमले धनप्रसाद भण्डारीको संयोजकत्वमा एउटा तदर्थ समिति गठन गरेको छ । आगामी ४ महिनाभित्र हालसम्म कलेजबाट पास आउट भएका सबै विद्यार्थीहरुको सहभागितामा नयाँ कार्यसमिति गठन गर्ने तयारी समेत गरेको छ।

हाल स्वाती सदन कलेजमा स्नातक तहमा करिब ३ सय र माध्यमिक तहमा ९ सय विद्यार्थी अध्ययनरत छन्। हरेक वर्ष उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्दै आएको यस कलेजले हाल कक्षा ११ का लागि विज्ञानसहित विभिन्न संकायमा सीमित सिटमा भर्ना प्रक्रिया तीव्र रुपमा सञ्चालन गरिरहेको छ।

स्वाती सदन कलेजले विगतदेखि नै गुणस्तरीय शिक्षामा विशेष ध्यान दिँदै विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा योगदान पुर्‍याउँदै आएको जनाएको छ।

सम्बन्धित समाचार

ताजा समाचार