सुदूरपश्चिमः ९६ प्रतिशत नागरिक साक्षर

कैलाली । सुदूरपश्चिम प्रदेशका ९६.१९ प्रतिशत नागरिक साक्षर बनेका छन् । शिक्षा विकास निर्देशनालय सुदूरपश्चिमका अनुसार प्रदेशमा १५ देखि ६० वर्ष उमेर समूहका १६ लाख ८८ हजार ३४ जना रहेकोमा १६ लाख २३ हजार ७९१ जना साक्षर भएका छन् ।

जिल्लागत रूपमा सबैभन्दा धेरै साक्षर प्रतिशत बाजुरामा रहेको छ । बाजुरामा १५ देखि ६० वर्ष उमेर समूहका ९४ हजार २०५ मध्ये ९१ हजार ६७१ अर्थात् ९७.३१ प्रतिशत साक्षर छन् । त्यस्तै डडेल्धुरामा ८९ हजार ८०८ मध्ये ८६ हजार ९३२ अर्थात् ९६.८ प्रतिशत, डोटीमा १ लाख ४४ हजार १३३ मध्ये १ लाख ३९ हजार १६१ अर्थात् ९६.५५ प्रतिशत, बैतडीमा ८० हजार ८०८ मध्ये ७८ हजार ४ अर्थात् ९६.५३ प्रतिशत, कञ्चनपुरमा ३ लाख ५० हजार ९८८ मध्ये ३ लाख ३७ हजार ४३७ अर्थात् ९६.२१ प्रतिशत साक्षर रहेको शिक्षा विकास निर्देशनालयका महानिर्देशक दुर्गा दत्त विष्टले बताए ।

यस्तै कैलालीमा ५ लाख ६० हजार ७७३ मध्ये ५ लाख ३९ हजार ६६२ अर्थात् ९६.२० प्रतिशत, बझाङमा १ लाख ३४ हजार ५६९ मध्ये १ लाख २८ हजार ६५० अर्थात् ९५.६० प्रतिशत, अछाममा १ लाख ६४ हजार २०५ मध्ये १ लाख ५६ हजार ८८२ अर्थात् ९५.५५ प्रतिशत र दार्चुलामा ६८ हजार ५४५ अर्थात् ६५ हजार ३९२ अर्थात् ९५.४० प्रतिशत साक्षर रहेका छन् ।

.साक्षर हुन १२ वटा मापदण्ड तोकिएका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार