बाबुरामले छोडे प्रगतिशील लोकतान्त्रिक पार्टी

काठमाडौं । डा. बाबुराम भट्टराई प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट बाहिरिएका छन् । हिजो बसेको पार्टीको अध्यक्ष परिषद्को बैठकले स्वतन्त्र रहेर समग्र वैकल्पिक र रूपान्तरणकारी राजनीतिलाई सघाउने भन्दै भट्टराईले गरेको आग्रहलाई स्वीकार गर्दै शुभकामना समेत दिएको छ ।

पार्टीले अध्यक्ष परिषद्का सदस्य सुदन किराँतीले पार्टी सदस्य समेत नरहने गरी सार्वजनिक वक्तव्य दिएको भन्दै उनलाई पनि आगामी व्यक्तिगत तथा राजनीतिक यात्रा सफलताको शुभकामना दिने निर्णय गरेको छ ।

बैठकले समसामयिक राजनीति र गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको समीक्षा गर्दा वर्तमान राजनीति र राज्यसत्ता मजदुर, श्रमजीवी तथा उत्पीडित जाति र समुदायको पक्षमा नरहेको छोटो समयमै स्पष्ट भएको निष्कर्ष निकालेको छ ।

सम्बन्धित समाचार

ताजा समाचार