‘श्रम संसार एप’ र ‘हामी मोबाइल एप’ सार्वजनिक, के काम गर्छन् ?

काठमाडौं । विदेशमा काम गर्ने नेपालीहरूको विवरण सङ्कलन, व्यवस्थापन र सुरक्षाका लागि दुई फरक मोबाइल एप सञ्चालनमा ल्याइएको छ । ‘श्रम संसार एप’ र ‘हामी मोबाइल एप’ नामक एपहरू हिजो छुट्टाछुट्टै कार्यक्रममार्फत सार्वजनिक गरिएका हुन् ।

‘श्रम संसार एप’ परराष्ट्र मन्त्रालयबाट सञ्चालनमा ल्याइएको हो । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले एपको संयुक्त रूपमा शुभारम्भ गरे। यस एपमार्फत विदेशमा रहेका नेपालीले आफ्नो विवरण दर्ता गर्न सक्छन् ।

यसले कुन देशमा कति नेपाली छन् र उनीहरूको अवस्था कस्तो छ भन्ने जानकारी प्राप्त गर्न मद्दत गर्नेछ । यस्तो विवरणले विदेशमा रहेका नेपालीलाई आवश्यक कन्सुलर सेवा दिन, समस्या परेमा तुरुन्तै उद्धार र समन्वय गर्न सरकारलाई सहज बनाउनेछ ।

परराष्ट्र मन्त्री राणाका अनुसार, सूचना नहुँदा गएका वर्षहरुमा धेरै नेपाली ठगिएका, समस्यामा परेका र गुनासा मन्त्रालयमा आउने गरेका थिए । अब एपको प्रयोगले यस्ता समस्या हट्न सहयोग पुग्नेछ । यस्तै कोरिया सरकारले वैदेशिक रोजगारीमा जान चाहने नेपालीहरूलाई आवश्यक सूचना सजिलै दिन ‘हामी मोबाइल एप’ सञ्चालनमा ल्याएको छ । यो एप कोरिया सरकारको आर्थिक सहयोगमा तयार पारिएको हो ।

नेपाल सरकारको श्रम मन्त्रालयसँगको सहकार्यमा यो एप सञ्चालन हुनेछ ।

सम्बन्धित समाचार

ताजा समाचार