काठमाडौं । पुरानो बसपार्क स्थित निर्माणाधीन काठमाडौं भ्यू टावरको काम गरिरहेका ठेकेदार मनोज भेटवाललाई प्रहरीले पक्राउ परेका छन्। शुक्रबार उनलाई अनामनगरबाट पक्राउ परेका हुन् ।
इनोभेटिभ कन्सेप्ट प्रालिका सञ्चालक भेटवाल विरुद्ध अहिले जिल्ला प्रहरी परिसर काठमाडौँमा १० करोडको बैङ्किङ कसुरको जाहेरी दर्ता भएको छ । सो मुद्दामा अनुसन्धानका लागि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

