काठमाडौं । बलात्कारपछि हत्या गरेको आरोपमा पाँच जना आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ। शुक्रबार दिउँसो जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले पाँच जनालाई सार्वजनिक गरेको हो।
११ वर्षीया बालिकामाथि असार ११ गते बिहान साढे ९ बजेतिर भोटेकोशी गाउँपालिका वडा नम्बर ५ छ्याङ्दीको एक जंगलमा ११ वर्षीया बालिका मृत फेला परेकी थिइन्।
उनको बलात्कारपछि हत्या आरोपमा प्रहरीले भोटेकोशीकै २१ वर्षीय निमा तेन्जिङ तामाङ, २२ वर्षीय वाङनिमा तामाङ, ३२ वर्षीय नामग्याल शेर्पा, २० वर्षीय दावा तामाङ र २२ वर्षीय लाक्पा पासाङ तामाङलाई पक्राउ गरेको हो।
कोलगाउँ बस्ने ती बालिकाको शव घरदेखि अन्दाजी ४ सय मिटर पर रहेको बारीमा फेला परेको थियो। अनुसन्धानका लागि काठमाडौंबाट तालिम प्राप्त कुकुरसमेत झिकाएको थियो।

