काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज साँझ ६ बजे प्रकाशित हुने भएको छ । परीक्षा बोर्डको आज बसेको बैठकले साँझ नतिजा प्रकाशन गर्ने तयारी गरेको परीक्षा नियन्त्रक गणेश भट्टले जानकारी दिए।
परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।
२०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो ।

