कैलाली । कैलालीको धनगढीमा एक युवती मृत फेला परेकी छन् । धनगढी उपमहानगरपालिका-२, बैयाबेहडीमा कञ्चनपुरको पुनर्वास नगरपालिका-११, अमरबस्तीकी ३० वर्षीया रेणु चौधरी मृत भेटिएकी हुन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहका अनुसार सोमबार बिहान चौधरी आफ्नै कोठामा मृत फेला परेकी हुन् ।
घटनास्थल सिल गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

