काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले काठमाण्डौ उपत्यकाका तीनसहित २२ जिल्लामा बाढीको जोखिम भएकाले सावधानी अपनाउन अनुरोध गरेको छ ।
महाशाखाका अनुसार आज काठमाडौं, ललितपुर, भक्तपुर, इलाम, काभ्रेपलाञ्चोक, चितवन, मकवानपुर, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, बारा, पर्सा, पाल्पा, गुल्मी, अर्घाखाँची, रुपन्देही, कपिलवस्तु, कास्की, स्याङ्जा, पर्वत, तनहुँ, दैलेख, सुर्खेत र आसपासका जिल्ला भई बहने केही स–साना नदीको बहाव उल्लेख्य बढ्ने र आकश्मिक बाढीको मध्यम जोखिम छ ।
मंगलबार भने कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदी तथा पूर्वी राप्ती, पश्चिम राप्ती, कमला, बागमती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने भए पनि बढ्दो रहने तथा कोशी, नारायणी, कन्काई, र यसका प्रमुख सहायक नदीहरूको जलसतह सतर्कता तह आसपास रहने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

