सुकुम्बासीका लागि जग्गा एकीन गर्ने कार्य शुरु

बैतडी। बैतडीको पञ्चेश्वरमा सुकुम्बासीहरुका लागि जग्गा एकीन गर्ने कार्य शुरु गरिएको छ ।

गाउँपालिका क्षेत्रभित्र रहेको बाँझो जमीन,सार्वजनिक जमीन, बाटोघाटो,पानी पँधेरो लगायतका कुराहरु छुट्याउन जग्गा एकीन गर्ने कार्य शुरु गरिएको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए ।

भूमीहिन सुकुम्बासी, भूमीहिन दलित र अव्यवस्थित बसोबासीहरुको व्यवस्थापनका लागि जग्गा एकीन गर्ने कार्य शुरु गरिएको भूमी समस्या समाधान आयोग जिल्ला समिति बैतडीका अध्यक्ष रमेश पाण्डेयले बताए । जग्गा एकीन गर्नका लागि प्राविधिकहरुको टोली खटिएर काम गरिरहेको उनले बताए ।

पञ्चेश्वर गाउँपालिकामा भूमीहिन सुकुम्बासी, भूमीहिन दलित र अव्यवस्थित बसोबासीलाई यही असार भित्रै पूर्जा वितरण गर्ने लक्ष्य रहेको पाण्डेयले बताए । पञ्चेश्वर गाउँपालिकाभित्र भूमीहिन सुकुम्बासी, भूमीहिन दलित र अव्यवस्थित बसोबासी ४ सय ३८ परिवार रहेको पाण्डेयले बताए ।

जग्गा एकीन गर्नका लागि फिल्डमा प्राविधिक टोली खटाउनुभन्दा पहिला गाउँपालिकामा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको गाउँपालिका अध्यक्ष चन्दले बताए ।

सम्बन्धित समाचार

ताजा समाचार