हमासका शीर्ष नेता मोहम्मद सिन्वर इसराइली आक्रमणमा मारिएका छन्। इसराइली सेनाले हवाई हमलामा परी हमासका शीर्ष नेता मोहम्मद सिन्वर मारेको गत महिनाको १३ तारिखका दिन दक्षिणी गजाको युरोपेली अस्पतालमा इसराइली सेनाले ६ वटा बम खसालेको थियो।
त्यतिबेला इसराइलले सिन्वरलाई नै लक्ष्य गरेर अस्पतालमा हवाइ आक्रमण गरिएको दाबी गरेको थियो।इसराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सिन्वर मारिएको भनेर सार्वजनिक अभिव्यक्ति दिएको तीन दिनपछि इसराइली सेनाले पनि उनी मारिएको पुष्टि गरेको हो। सिन्वरसँगै हमासको राफा ब्रिगेडका कमान्डर मोहम्मद शबाना र खान युनिस बटालियनका कमान्डर मेहदी क्वारा पनि मारिएको इसराइली सेनाले जनाएको छ।
उनीहरुले युरोपेली अस्पतालको जमिनमुनि कमान्ड सेन्टर बनाएका थिए। त्यहीँ बसेर उनीहरूले रणनीति बनाउने गर्थे।यसबारे हमासले भने केही बोलेको छैन।

