काठमाडौं । स्वतन्त्र सांसद महावीर पुनले नवप्रवर्तन प्राधिकरण गठन गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभा बैठकमा मंगलबार धारणा राख्दै उनले सो माग राखेका हुन् ।
संसद बैठकमा आफूलाई स्वतन्त्र सांसद भनेर ५ मिनेट समय निर्धारण गरेकोप्रति उनले आपत्ति जनाए । आफू स्वतन्त्र सांसद भए पनि समर्थक दलको सदस्यहरुभन्दा बढी रहेको उनले दावी गरेका छन् ।
नीति तथा कार्यक्रममा ‘विज्ञान’ भन्ने शब्द उल्लेख नरहेको भन्दै उनले भने, “अहिलेको युवाहरुले बनाएको सरकारले समेत विज्ञान शब्दप्रति के को रिस हो ? खै सम्बोधन गरेको ?” उनले आपत्ति जनाए । विज्ञान प्रविधि, नवप्रवर्तन विषयमा ध्यान दिन उनले सरकारको ध्यानाकर्षण गराएका छन् ।
विज्ञान प्रविधिको सम्बोधनविना देशको अर्थतन्त्र बलियो बन्न नसक्ने भन्दै उनले त्यसमा ध्यान दिन सरकारसँग आग्रह गरे ।

