काठमाडौं । हिजो र अस्ति घटेको शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव ८५ अंकले बढेर २ हजार ६ सय ७५ दशमलव ६२ विन्दुमा पुगेको छ ।
आज फाइनान्स, होटल, लगानी, बीमा, माइक्रोफाइनान्स र अन्य बाहेक सबै समूहको शेयर सामान्य बढेकोमा विकास बैंक समूहको शेयर भने डेढ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।
आज कर्पोरेट विकास बैंक, ओम मेगाश्री फर्मास्युटिकल्स, ग्रीन विकास बैंक, भूगोल इनर्जी डेभलपमेन्ट, प्योर इनर्जी कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । नेप्से सामान्य बढेको दिन गुराँस लघुवित्त कम्पनीको शेयर भने सबैभन्दा धेरै ७ प्रतिशतले घटेको छ ।
आज कारोबार रकम घटेको छ ।

