प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । संसद् बैठक विपक्षी दलबाट अवरोध भएका कारण आधा घण्टाको लागि स्थगित गरिएको छ । बिहान ११ बजे शुरू हुनुपर्ने आजको प्रतिनिधिसभा बैठक आधा घण्टा ढिलो गरी शुरू भएकोमा बैठक शुरू हुनेबित्तिकै माओवादी केन्द्रसहितका विपक्षी दलले उठेर अवरोध गरिरहेका छन् ।

सभामुख देवराज घिमिरेले आफ्ना धारणा राख्न अनुमति दिएपछि माओवादीका सांसद वर्षमान पुनले ‘भिजिट भिसा’ को प्रसङ्ग राखेका छन् । उनले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने र विपक्षी सबै दलको अडान रहेको बताए ।

सम्बन्धित समाचार

ताजा समाचार