जीप दुर्घटनाः तीन जनाको ज्यान गयो

सुदूरपश्चिम । बाजुरामा जीप दुर्घटना हुँदा तीन जनाले ज्यान गुमाएका छन् । मंगलबार भएको दुर्घटनामा थप दुई जना घाइते भएका छन् ।

नेपाल टेलिकमको टावर मर्मतका लागि गएको प्राविधिकसहितको टोली सवार बा ५ च २२०९ नम्बरको जीप जगन्नाथ गाउँपालिका वडा नम्बर २ काँडाकोटमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा तीन जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी, प्रहरी निरीक्षक देवबहादुर चौधरीले जानकारी दिए । उनका अनुसार मृतकको सनाखत भने हुन बाँकी छ ।

मंगलबार बिहान साढे ९ बजेतिर दुर्घटना भएको खबर आउनासाथ प्रहरी चौकी कुन्दबाट हवल्दारको नेतृत्वको पाँच जना र इलाका प्रहरी कार्यालय बूढीनन्दाबाट प्रहरी निरीक्षकको नेतृत्वमा ६ जनाको टोली घटनास्थल पुगेको छ ।

जीप सडकबाट करिब ८० मिटर तल खसेको छ ।

सम्बन्धित समाचार

ताजा समाचार