काठमाडौं । नेपाली लोक गितको समुन्द्रमा अर्को एक लोक गीतको आवागमन भएको छ । झण्डै दुई दशक नेपाली लोकगीत क्षेत्रमा समर्पित भएकी लोकदोहोरी गायिका कुमारी चेपाङको स्वर तथा म्युजिक रहेको पाल्पा लुम्बिनीमा कुमारी सँगै बिमल परियारको स्वर रहेको छ ।

मोहन घतानीको शब्द रहेको यो गीतको एरेन्ज विश्वास नेपालले गरेका हुन । प्रेमी र प्रेमीकाको प्रेमिल पल कल्पना गरिएको यो गीतमा शुद्घ नेपालीपन पाउन सकिन्छ । पछील्लो समयमा नेपाली लोकसंगीतमा देखा परेको बिकृतिजन्य प्रस्तुती भन्दा केही पर सभ्य पाल्पा लुम्बिनीमा लोमश शर्मा र अस्मिता रनपाल लगायतका कलाकारको अभिनय देख्न सकिन्छ भने गीत कुमारी चेपाङको अफिसियल युटुबबाट बजारमा आएको छ ।
बाँकी भिडियोबाट-

