सुनचाँदीको मूल्य सामान्य घट्यो

काठमाडौं । सोमबारको तुलनामा आज सुनचाँदीको मूल्य सामान्य घटेको छ । सुन तोलामा २०० रुपैयाँ र सोही परिमाणको चाँदी १० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला सुनको मूल्य एक लाख ९० हजार ९०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदीको मोल एक हजार ९९५ रुपैयाँ निर्धारण भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ३५५अमेरिकी डलर कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार