काठमाडौं । आज (सोमबार) दिउँसो जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पको तीव्रता ४.३ म्याग्निच्युड रहेको थियो । यसअघि, जेठ २ गते बैतडीको खलंगा केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर २४ मिनेटमा भूकम्प गएको हो ।

