मेयर बालेनले सोधे प्रवक्ता मानन्धरलाई स्पष्टीकरण

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले महानगरका प्रवक्ता एंव वडा नम्बर १७ का वडाध्यक्ष नविन मानन्धरलाई स्पष्टीकरण सोधेका छन्। मेयर साहले आफूविरुद्ध मिडियामा अभिव्यक्ति दिएको भन्दै मानन्धरलाई ७ दिने स्पष्टीकरण सोधेका हुन्।

आइतबार पत्रमार्फत स्पष्टीकरण सोधिएको प्रवक्ता मानन्धरले जानकारी दिए। स्पष्टीकरण सोध्नुको मुख्य कारण मेयर शाहको विरुद्धमा आवाज उठाउनु रहेको उनको भनाइ छ।

मेयर शाहले पाँच महिनादेखि कार्यपालिका बैठक बोलाउन नसकेको भन्दै चैत १० गते कार्यपालिका माग गर्दै कांग्रेसबाट निर्वाचित सबै वडाध्यक्षहरूले मेयर शाहलाई ज्ञापनपत्र बुझाएका थिए।

प्रवक्ता मानन्धरलगायतका वडाध्यक्षहरूले बालेनको एकल निर्णयलाई विरोध गर्दै आएका छन्। यसअघि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यालय प्रवेश गराउने क्रममा प्रवक्ता मानन्धरले मुख्य भूमिका खेलेका थिए।

सम्बन्धित समाचार

ताजा समाचार