काठमाडौं । चितवनका मकैमा अमेरिकन फौजी किराको संक्रमण देखिएको छ । जिल्ला कृषि विकास कार्यालयमा दैनिक चार(पाँचजना किसान फौजी किराको समस्या लिएर आउने गरेका छन् ।
कार्यालयकी बागबानी विकास अधिकृत स्वस्तिका चौहानका अनुसार अहिले जिल्लाका हरेक क्षेत्रमा लगाइएका मकैमा अमेरिकन फौजी किराको संक्रमण देखिएको छ । हरेक समय मकै लगाइने हुँदा फौजी किराको संक्रमण नरोकिएको हो । मकैको साना तथा ठूला बिरुवामा यो समस्या देखिने गरेको छ ।
अमेरिकन फौजी किरा पुतली वर्गको रात्रिचर किरा हो । यसको लार्भाले बालीमा कोतरेर खान्छ र नोक्सान गर्छ । मकैबाली मन पराउने किराले मकै नपाए धान, गहुँ, कोदोलगायत बालीमा क्षति पुर्याउने बागबानी विकास अधिकृत चौहान जानकारी दिइन् ।

