नेपालमा पहिलोपटक सफलतापूर्वक मिर्गौला र कलेजो एकै व्यक्तिमा प्रत्यारोपण

काठमाडौं । नेपालमा पहिलोपटक मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त मिर्गौला र कलेजो एकै व्यक्तिमा प्रत्यारोपण गरिएको छ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त मिर्गौला र कलेजो प्रत्यारोपण गरिएको हो ।

एक जनामा मिर्गौला र कलेजो प्रत्यारोपण गरिएको छ भने अर्का एक जनामा मिर्गौला मात्र प्रत्यारोपण गरिएको छ । प्रत्यारोपित दुवै व्यक्तिले स्वास्थ्य लाभ गरिरहेका छन् । उनीहरू केही दिनमै डिस्चार्ज हुने तयारीमा छन् । यस्तो प्रत्यारोपण संसारमै सबैभन्दा जटिल शल्यक्रिया मानिन्छ।

प्रत्यारोपण शल्यचिकित्सक डा.पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा भएको हो । उक्त प्रत्यारोपण टिममा कलेजोतर्फ डा. रोशन घिमिरे र डा। प्रवीण महर्जनले सघाएका थिए भने मिर्गौलातर्फ डा. दिपेश श्रेष्ठ, डा. रुपेशकुमार झा, डा. हरिप्रसाद बराल, डा. रोजन अधिकारी र डा. विकास खड्‌का थिए ।

यसैगरी एनेस्थेसिया तथा क्रिटिकल केयर विभागबाट डा. आरती राई, डा. निभा श्रेष्ठ, डा. शोभित थापा, डा. रेखा श्रेष्ठलगायतले सहयोग गरेका थिए । यसैगरी नेफ्रोलोजी विभागबाट डा. कल्पनाकुमारी श्रेष्ठ, डा. लुसन सिंह, डा. सुमित आचार्य, डा. सन्तोष सुवेदी र डा. वीक्रमवीर बज्राचार्य सहभागी थिए ।

यस्तै रेडियोलोजी विभागबाट डा. कृष्ण बुढाथोकी डा. जस्मिन जोशी, डा. हितेश रायमाझी, डा. सुधीर जोशी र डा. जी एलिन सहभागी थिए । प्याथोलोजी विभागबाट डा. सविना श्रेष्ठ, डा. सुस्मिता घिमिरे सहभागी थिए ।

नेपाली विज्ञहरूबाटै एकै व्यक्तिमा सफलतापूर्वक प्रत्यारोपण गरिएको यो पहिलो प्रत्यारोपण हो ।

सम्बन्धित समाचार

ताजा समाचार