१४ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । सुनको भाउ आज एक हजार चार सय रुपैयाँले बढेको छ । सुनको भाउ एक हजार चार सय रुपैयाँले बढेर तोलाको एक लाख ९१ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अस्ति शुक्रवार सुनको भाउ तोलाको एक लाख ९० हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । पछिल्लो केही दिनयता सुनको भाउमा उतारचढाव हुँदै आएको छ ।

त्यस्तै आज चाँदीको भाउ भने घटबढ भएको छैन । चाँदीको भाउ अस्तिजस्तै तोलामा दुई हजार पाँच रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार