रामेछाप । रामेछापमा एम्बुलेन्स दुर्घटना हुँदा २ जना गम्भीर घाइते भएका छन् भनेसवार अन्य तीन जना सामान्य घाइते भएका छन् ।
दोरम्बा-शैलुङ गाउँपालिकाबाट शव लिएर काठमाडौं आउँदै गरेको एम्बुलेन्स रामेछापकै खाँडादेवी गाउँपालिका- ३ चारघरेमा बन नजिकै एम्बुलेन्स दुर्घटना हुँदा २ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते भएका दुवै जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ । पोस्टमार्टमका लागि शव लिएर काठमाडौं गइरहेको एम्बुलेन्स सडकबाट १ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

