सचेतना कार्यक्रमहरु सञ्चालन गर्न एमाले सांसद गौतमको आग्रह

काठमाडौं । नेकपा एमालेकी सांसद इन्दिरादेवी गौतमले सडक दुर्घटनाको जोखिम दिनहुँ बढीरहेकोले नियन्त्रणमा ध्यान दिनु आवश्यक रहेको बताएकी छन् ।

बिहीवार बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले खनिरहेका सडकहरु अव्यवस्थित र अवैज्ञानिक तरिकाको भएकाले जोखिम बढिरहेको बताएकी हुन् । सांसद गौतमले आगामी दिनमा प्राकृतिक कारणले आउने जोखिमभन्दा मानवीय अदूरदर्शीताका कारण उत्पन्न हुने जोखिम न्युनिकरणमा काम गर्नुपर्नेमा जोड दिइन् । उनले चेतना अभावका कारण सानातिना विषयले पनि मानिसहरु मरिरहेको भन्दै त्यस्तो अवस्था आउन नदिन सचेतना कार्यक्रमहरु सञ्चालन गर्न आग्रह गरिन् ।

उनले भनिन्, ‘जोखिमहरु बढ्ने कारणहरु हाम्रो वस्तीहरु, हामीले खनीरहेका बाटाघाटाहरु, अव्यवस्थित र वैज्ञानिक तरिकाबाट अनुसन्धान नगरी, माटोको अवस्थाको जानकारी नलिई जताततै बाटो खनिरहँदा र बाटोको छेउ किनारलाई सुरक्षा दिने व्यवस्था नहुँदा हुने जोखिमहरुमा ध्यान दिनु आवश्यक छ । हामीले अब आउँदा दिनहरुमा प्राकृतिक कारणले आउने जोखिम एउटा हो र मानवीय अदूरदर्शिताका कारणले उत्पन्न हुने जोखिमहरुलाई अब आइन्दा यस खालका जोखिम ननिम्तने गरि व्यवस्थित तरिकाले अघि बढाउने विषयमा सल्लाह सुझाव दिँदै गर्नुहोला । हुम्लामा घटना घटिसकेपछि त्यहाँका जनताले पानी खान पाएनन् भन्ने कुरा आइरहेको छ । त्यस्तो हुँदा तत्काल खानेपानीको व्यवस्था गर्न नसकिएको अवस्थामा पनि त्यसको विकल्पका रुपमा जुन पानी त्यहाँ हुन्छ । त्यही पानीलाई शुद्धिकरण गर्ने विधिहरुको बारेमा पनि उनीहरुलाई जानकारी गराउनुपर्छ । विपदबाट जोगाउने कुरा एउटा हो र तत्काल मानिसहरुलाई मर्न नदिने साना तिना विषयले पनि मानिसहरु मर्न नपाउने खालको सचेतनाका कार्यक्रमहरु सञ्चालन गर्नुपर्छ । त्यसका लागि हामीले गर्नुपर्ने कामका लागि हामी सधैं सँगै रहनेछौं ।’

उनले विपद् न्युनिकरणका लागि सञ्चालन गरिने सचेतनाका कार्यक्रमहरुमा आपूmहरुको सधैं साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गरिन्।

सम्बन्धित समाचार

ताजा समाचार