सिमेन्टमा नेपाल आत्मनिर्भर छ, अब स्वदेशमै खपत बढाऔँः मन्त्री दाहाल

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले स्वदेशमै सिमेन्टको खपत बढाउनुपर्नेमा जोड दिएका छन्।

सोमवार ललितपुरमा आयोजित सिमेन्ट उत्पादक संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो जोड दिएका हुन्। उनले नेपाल सिमेन्टमा पूर्ण रुपमा आत्मनिर्भर भएको भन्दै अब स्वदेशमै खपत बढाउनुपर्नेमा जोड दिए।

उनले कस्टलाई थोरै मार्जिन राखेर धेरै उत्पादन गर्नुपर्ने बताए। उनले नेपाललाई कनेक्टीभिटीको हिसाबले उदाहरणीय देश बनाउने गरी अघि बढिरहेको बताए। उनले चीन र भारतको विकासबाट सिकेर नेपाल अघि बढ्न जरुरी रहेको बताए।

विकासको दृष्टिले नेपाल पनि कम नरहेको भन्दै पछिल्लो १५ वर्षमा धेरै काम गरेको दाबी गरे। सडक सम्बन्धी नीति निर्माणको काममा पनि सरकारले विशेष चासो दिएर काम गरिरहेको उल्लेख गरे। उहाँले समस्या पहिचान गरेरअघि बढ्दा काम गर्न सहज हुने बताए।

मन्त्री दाहालले अब कंक्रिट प्रविधिमा जानुपर्ने बताए।

सम्बन्धित समाचार

ताजा समाचार