नेपाल आयल निगमका कार्यकारी निर्देशक भट्टद्वारा राजीनामा

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले पदबाट राजीनामा दिएका छन्। भट्टले बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मा राजीनामा बुझाएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले भट्टको राजीनामा प्राप्त भएको पुष्टि गरेका छन्। यसअघि सरकारले राजनीतिक नियुक्तिबाट भएका पदाधिकारीहरूको नियुक्ति खारेज गर्ने निर्णय गरेको थियो। सोही निर्णयपछि भट्टले पदबाट राजीनामा दिएको बुझिएको छ।

सम्बन्धित समाचार

ताजा समाचार