काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा अमेरिका पठाउन लागिएको सुनचाँदीका गहनासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
विमानस्थल सुरक्षा कार्यालयका एसपी राजकुमार सिलवालका अनुसार पक्राउ पर्नेहरूमा ४६ वर्षीय यज्ञराज सुवेदी र ३४ वर्षीय रामप्रसाद दाहाल रहेका छन् ।
विमानस्थलको कार्गो कम्प्लेक्समा जाँचका क्रममा शंकास्पद अवस्थामा ती गहना फेला परेको प्रहरीले बताएको छ । एपेक्स लजिस्टिकमार्फत अमेरिका पठाउन लागिएको कार्गो बाकसमा जुत्ता, पाइन्ट, सारी र अन्य कपडा पनि थियो । सुवेदी युनिक कार्गोका सञ्चालक हुन् भने दाहाल एपेक्स लजिस्टिक प्रालिका सञ्चालक हुन्।
यस बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

