काठमाडौं । मंगलबार सुनचाँदीको भाउ बढेको छ। सोमबार तोलामा ४०० रूपैयाँ घटेको सुनको भाउ ४४सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख दुई हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको छ।
सोमबार सुन प्रतितोला दुई लाख ९८ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, मंगलबार चाँदीको मूल्य पनि बढेको छ।
सोमबार प्रतितोला पाँच हजार तीन सय ४० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा पाँच हजार ६ सय ९५ रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला तीन सय ५५ रूपैयाँ बढेको हो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार सात सय ११ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

