काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो एक बजे बस्ने बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु हुने छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३/०८४ नीति तथा कार्यक्रम सोमबार संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेका थिए
त्यसपछि सांसदहरुले दलीय प्रतिनिधित्वका आधारमा धारणा राख्ने संघीय संसद सचिवालयले जनाएको छ । नीति तथा कार्यक्रममा छलफल सकिएपछि जेठ १५ गते सरकारले नयाँ बजेट प्रस्तुत गर्नेछ ।

