सर्वहारा श्रमिक वर्गको एउटै पार्टी नबनाएसम्म देशमा क्रान्ति सम्भव छैन : झलनाथ खनाल

पूर्वप्रधानमन्त्री झलनाथ खनालले सर्वहारा श्रमिक वर्गको एउटै पार्टी नबनाएसम्म देशमा क्रान्ति सम्भव नरहेको बताएका छन् ।

शनिवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित मदन—आश्रित स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आजको अन्तरबिरोधलाई चिरेर सही ढंगले निक्र्यौल गर्न जरुरी रहेको बताए । कुनैपनि देशमा सर्वहारा श्रमिक वर्गको एउटै पार्टी नबनेसम्म क्रान्ति गर्न सम्भव नरहेको उनको भनाइ छ । आजका अवस्थामा आफूहरूको निशाना को हो रु कसका विरुद्ध समाजवादी क्रान्ति गर्छौं नेपालमा रु भन्नेकुरालाई स्पष्ट पारेर समाजवादी क्रान्तिलाई सम्पन्न गर्नुपर्ने बताए ।

त्यसका लागि कम्युनिष्ट पार्टीलाई अझ बढी सही वैचारिक राजनीतिक कार्यदिशा, नीति र सिद्धान्तको आधारमा एकताबद्ध बनाउनुपर्ने आवश्यकता रहेको बताए । साना—साना राजनीतिक दलहरू खोलेर सानो—सानो कसौँडीमा दाल पकाएर खाने खालको अवस्था बनेको भन्दै यसलाई तोड्नुपर्ने बताए ।

पूर्वप्रधानमन्त्री खनालले भने ‘आजको प्रधान अन्तरबिरोध के हो ? त्यो कुरालाई सही ढंगले निक्र्यौल गर्दै आजका अवस्थाको को हो हाम्रो निशाना ? कसका विरुद्ध हामी लड्दै हामी समाजवादी क्रान्ति गर्छौं नेपालमा ? यो कुरालाई स्पष्ट पार्दै हामीले समाजवादी क्रान्तिलाई सम्पन्न गर्नुपर्नेछ । त्यसका लागि कम्युनिष्ट पार्टीलाई अझ बढी सही वैचारिक राजनीतिक कार्यदिशा, नीति र सिद्धान्तको आधारमा एकताबद्ध बनाउनुपर्नेछ । यो पार्टीलाई अहिले जसरी बुकुरे, बुकुरे, बुकुरे पार्टीहरू बनाउने र अलग अलग सानोसानो कसौँडीमा दाल पकाएर खाने खालको अवस्था बनेको छ । यो चिजलाई हामीले तोड्नुपर्छ । एउटै एकीकृत पार्टी नबनाएसम्म देशमा क्रान्ति सम्भव हुँदैन । कुनैपनि देशमा सर्वहारा श्रमिक वर्गको एउटै पार्टी हुन्छ । त्यो आन्दोलनभित्र बुर्जुवा वर्गका विचारहरू प्रवेश गर्ने, चिर्ने कारणले मात्रै कि उग्र वामपन्थ की दक्षिणपन्थ भड्काऊ हुने कारणले समूहहरू प्रकट हुने गर्दछन् । हाम्रो देशको हालत त्यही हो । कम्युनिष्ट आन्दोलनभित्र प्रकट भएका अवसरवादी चिन्तनहरु खासगरी यतिबेला दक्षिणपन्थी अवसरवादी चिन्तनहरूलाई परास्त गर्दै हामीले क्रान्तिकारी कार्यदिशा, नीति र सिद्धान्तको आधारमा हाम्रो देशको समाजवादी क्रान्तिको रूपान्तरण अघि बढाउनुपर्छ ।’

पूर्वप्रधानमन्त्री खनालले मदन भण्डारीका योगदानको समीक्षा गर्न आँट गर्नुपर्ने बताए । दक्षिणपन्थी अवसरवादी चिन्तनहरूलाई परास्त गर्दै हामीले क्रान्तिकारी कार्यदिशा, नीति र सिद्धान्तको आधारमा हाम्रो देशको समाजवादी क्रान्तिको रूपान्तरण अघि बढाउनुपर्ने बताए ।

सम्बन्धित समाचार

ताजा समाचार