काठमाडौं । मन्त्रीपरिषद बैठकले सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधिसभा सदस्य सुशील खड्का (बागलुङ) र योगेश गौचन थकाली (मुस्ताङ) लाई मनोनयन गर्ने निर्णय गरेको हो ।
आज बसेको मन्त्रीपरिषद बैठकले सो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले जानकारी दिएका छन् ।
सोही अनुसार बैठकले नेपाल सरकार (कार्य विभाजन) नियमावली २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ । त्यस्तै, विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश २०७९ को संशोधन स्वीकृत गरेको उनले बताए ।
बैठकले भूमि सम्बन्धी (एक्काइसौं संशोधन) नियमहरू २०८३ पनि स्वीकृत गरेको छ ।

